हिरासतबाट फरार राई केरावारीमा पक्राउ

hatkadi 1खोटाङ, २१ असार । छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा पक्राउ परेर फरार एकजना युवकलाई प्रहरीले खोटाङ जिल्लाको बुईपा–१, केरावारीमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भुदेउ भन्ने किरण राई रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आज (शुक्रबार) विहान आठ बजे बुईपा–१, केरावारीबाट पक्राउ गरेको हो ।
बाँसापानी–९ का अनुराम राईसहितका पाँच/छ जनाको समूहले जेठ–२० गते खार्मी–६ स्थित साकेला चण्डी नाँचमा स्थानीय ४८ बर्षीय धु्रव भन्ने खड्गनारायण श्रेष्ठलाई छुरा प्रहार गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अनुराम राई, किरण राई र अकिल मणि राईलाई नियन्त्रणमा लिएको थियो ।
थुनामा रहेको अवस्थामा किरण राई र अकिलमणि राई शौचालय गएका बेला काँडेतारको बार नाघी फरार भएका थिए ।

प्रतिक्रिया