कुखुराका लागि कृषिमन्त्री थापाका कुरै ठूला

Chicken n Eggभक्तपुर, २१ असार । कृषिमन्त्री टेकबहादुर थापाघर्तीले नेपालमा १३ प्रतिशत भन्दा बढि कुखुरा पालनले कृषिमा ओगटेको बताएका छन् ।
प्रथम राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा आज (शुक्रबार) देखि भक्तपुरमा आयोजना भएको तेश्रो चिकेन एण्ड एग फेष्टिवल—२०७० को उद्घाटन कार्यक्रममा मन्त्री थापाले कुखुरा पालनबाट मुलुक आत्मनिर्भर रहेको बताए । ‘नेपालमा कुखुरा पालनमा निजी क्षेत्रको मात्र ५० अर्ब लगानी छ,’ उनले भने, ‘७० हजार भन्दा बढिलाई प्रत्यक्ष रुपमा कुखुरा व्यवसायले रोजगारी दिएको छ ।’
देशमै रोजगारी सृजना गर्ने, युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्ने, जीविकोपार्जनमा सहयोग पुग्ने गरिबी न्यूनिकरण गर्ने जस्ता उपलब्धि कुखुरा पालनले गरेको उनको भनाई थियो ।
मन्त्री थापाले समग्र कृषिमा कुखुरा पालनमा निर्यातको सम्भावना बढ्दै गएको बताए । उनले यसको विकासका लागि सरकारले सहयोग गर्न तयार रहेको बताए ।
‘कुखुरा पालनमा बर्डफ्लू फैलनु चुनौतीको विषय बनेको छ,’ उनले भने । कुखुरा पालक कृषकहरु दानाका लागि आवश्यक कच्चा पदार्थ विदेशमा निर्भर रहनु पर्ने, भारतसंगको खुला सीमानाका कारण गैर कानूनी रुपमा कुखुराका चल्ला, मासु भित्रनु बिडम्बना बनेको उनले बताए ।
कुखुरा पालन ब्याबसायी भक्तपुर, पशुसेवा विभाग, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयले संयुक्त रुपमा फेष्टिवल आयोगना गरेका हुन् ।

प्रतिक्रिया