गाउँको बजेट स्थानीयलाई थाहा छैन

Deukhuri-Gadhawaदेउखुरी, २१ असार । दाङ जिल्लामा गाउँको विकास र बजेट विनियोजन लगायतका विषयमा स्थानीयले चासो राख्न थालेका छन् ।
बिहीबार देउखुरीको गढवामा आयोजित कार्यक्रममा सहभागीलाई गाविस सचिवले बजेटका बारेमा जानकारी गराए । बजेटका विषयमा अधिकांशलाई जानकारीनै थिएन् गाविसले गाउँको कुन–कुन विकालका लागि कति–कति रकम विनियोजन गरेको छ भन्ने ।
‘हामीलाई केही थाहा छैन् गाविसको वजेट कसरी विनियोजन हुन्छ,’ भेलामा सहभागी गढवा–५, मनिकापुरका घनश्याम वुढाथोकीले भने, ‘गाविसमा धेरै वजेट आउँदो रहेछ तर हामीले त्यसको उपभोग गर्न पाएका रहेनछौं ।’
गाविसमा सञ्चालित सार्वजनिक वित्त ब्यवस्थापन परियोजना अन्र्तगत चेतना क्लवले सञ्चालन गरेको वजेट साक्षरता अभियान कार्यक्रममा सहभागीहरुले वजेटका वारेमा जान्ने अवसर पाएका हुन् ।
आर्थिक बर्ष २०६९/७० मा गाउँमा कुलो निर्माणका लागि वजेट विनियोजन भएको निर्णय पुस्तिकामा उल्लेख भएपनि गाउँमा न कुनै कुलो बनेको छ न कुनै वजेट आएको थाहा पाएका छन् स्थानीयले ।
‘बजेटका वारेमा केही थाहा हुँदैन्,’ मनिकापुरकी विष्णा परियारले भनिन्, ‘दलित, जनजाति, महिलाका नाममा आएको पैसा विकासमा खर्च गरेका रहेछन् ।’
गाविसमा आउने अधिकांश रकम विचलन गरी विकास निर्माणमा मात्र खर्चिएको देखिए पछि स्थानीय चिन्तित देखिएका छन् ।
अधिकांस वजेट विचलन
गढवा गाविसले आर्थिक वर्ष २०६९/७० का लागि विनियोजन गरेको अधिकांश रकम विचलन भएको स्थानीयको आरोप छ । गढवा गाविसमा आएको निश्चित क्षेत्रको वजेट विचलन गरी अन्यत्र खर्चेको उनीहरुले गुनासो छ । चेतना क्लव दाङले गाविसको बजेका बारेमा जानकारी गराएको हो ।

प्रतिक्रिया