धनकुटाका कृषक चिन्तित

Tomatoधनकुटा, २१ असार । डडुवा रोगको प्रकोपले गोलभेंडाको बगान नै नष्ट भएपछि धनकुटाका कृषक चिन्तित बनेका छन् । धनकुटाका बेलहरा, भीरगाउँ, मुर्तिढुंगा, बुढीमोरंग र धनकुटा नगरपालिका आसपासका ८ सय २९ हेक्टर क्षेत्रमा लगाइएको गोलभेँडा डडुवा रोगले सखाप बनाएको छ ।

रोगको कारण वर्षे गोलभेँडा उत्पादनमा ६० प्रतिशतले कमी आउने जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । अघिल्लो वर्ष धनकुटामा २३ हजार १६ मेट्रिक टन उत्पादन गोलभेँडा उत्पादन भएको थियो ।

हिउँदे गोलभेँडाको उत्पादन राम्रो भएपनि वर्षे गोलभेँडामा अत्याधिक डडुवा रोगले सताएको कृषकको गुनासो छ । (फाईल तस्विर)

प्रतिक्रिया