यौनदुराचारी प्रमुख र पछाइ कारबाहीमा

Rupandehiभैरहवा, २० असार । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वर श्रेष्ठ र मोहन तारा पछाइलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले कारबाही गरेको छ ।
मन्त्रिपरिषद् कार्यालयले श्रेष्ठलाई कारबाही स्वरुप अर्को जिल्लामा सार्न निर्देशन दिएको हो । यौन दुराचारको आरोप लागेका उनलाई कारबाही स्वरुप मन्त्रिपरिषद् कार्यलयले रुपन्देहीबाट अर्को जिल्लामा सरुवा गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशनात्मक पत्र लेखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव गणेशबहादुर अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागलाई पत्र लेखेर सुरुवा गर्न भनेका हुन् ।
रुपन्देहीको विवादास्पद यौनजन्य हिंसाको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितिको सिफारिसका आधारमा कार्यलय प्रमुख श्रेष्ठ र पब्लिक हेल्थ छैटौ तहकी मोहन तारा पछाइलाई तुरुन्त रुपन्देहीबाट अन्यत्र सरुवा गर्न निर्देशन दिएको पत्रमा उल्लेख छ ।
यौनदुराचारी कार्यलय प्रमुखलाई कारबाही भएपछि जनस्वाथ्यमा भइरहेको कर्मचारीको आन्दोलन केही मत्थर हुने देखिएको छ । यद्यपि, कारबाही कार्यन्वयन नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरत अखिल नेपाल जनस्वास्थयकर्मी संघका जिल्ला अध्यक्ष दीपक ज्ञवालीले बताए ।

प्रतिक्रिया