‘दैलेख’ गीत सार्वजनिक

2332दैलेख । दैलेखको सेरोफेरोलाई समेटिएर तयार पारिएको गीत ‘दैलेख’ बिहीबार एककार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीतमा साहित्यकार श्यामलको रचना, प्रमोद खरेलको स्वर तथा अभिषेक अनुरागको संगीतबद्ध रहेको छ । जिल्लाको ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र सामाजिक विषयवस्तु झल्कने गरी गीत तयार गरिएको छ ।
गीत विमोचन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले गीतमा भनिएझैं दैलेख प्रकृतिको अद्धितीय नमुना भएको बताए । उनले भने, ‘जिल्लालाई चिन्न खोज्नेले यही गीत सुने पुग्छ ।’ काठमाडौंमा बसेर हरपल जिल्लाकै स्मृतिमा आफ्ना भाव पोख्ने कवि श्यामलका कविता र निबन्धबाट आफू प्रभावित भएको प्रजिअ थपलियाले बताए । नारायणनगरपालिका र जिविस दैलेखले गीत प्रर्वद्धनमा सहयोग गरेको हो ।
संगीतकार अनुरागले घर दैलख हो भन्दा काठमाडौंतिर धेरैले दोलखा सम्झने गरेकाले जिल्लाको चिनारी दिन गीत बजारमा ल्याएको स्पष्ट पारे । गीतबाट प्राप्त आम्दानी जिविस नगरपालिकासंग समन्वय गरी टुहुरा बालबालिकालाई सहयोग गरिने उनले जानकारी दिए । समारोहमा कला, संस्कृति र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप रेडियो धुव्रताराले कवि श्यामल र संगीतकर्मी अनुरागलाई सम्मान गर्‍यो ।

प्रतिक्रिया