आन्दोलनरत पक्षलाई चुनावमा समेट्न आग्रह

Ramchandra-Poudelकाठमाडौं, १९ असार । राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनमा असहमत दलहरुलाई वार्ता र संवादका माध्यमबाट समेटेर लैजान सरोकारवालाई आग्रह गरेका छन् ।
वार्ता र सम्वादबाट मात्रै चनावी वातावरण बन्ने बताउदै उनले सरकारको साथसाथै चार राजनीतिक शक्तिलाई बढि सक्रिय हुन आग्रह गरे । राष्ट्रपति डा.यादव र कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच आज (बुधबार) शीतल निवासमा भएको भेटमा उनले मिलेर जान दलहरुलाई आग्रह गरेका हुन् ।
‘सरकारको सक्रियताका साथसाथै चार राजनीतिक शक्ति बढि सक्रिय भएर चुनावमा अहसमत दललाई वार्तामा ल्याएर जानु पर्छ,’ डा.यादवलाई उदृत गर्दै कार्यवाहक सभपाति पौडेलले भने ।
नेकपा–माओवादीको पोखरामा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी संविधान सभाको निर्वाचन विथोल्ने भन्ने निर्णय सार्वजनिक भएको बेला राष्ट्रपतिको यस्तो भनाई आएको हो ।
सरकारले ल्याउन लागेको बजेटका बारेमा पनि छलफल भएको पौडेलले बताए । लामो समयदेखि पूर्ण बजेट आउन नसकेको र त्यसले अर्थतन्त्र एवं विकासमा परेको प्रभाव बारेमा पनि डा.यादव र पौडेलबीच छलफल भएको थियो ।

प्रतिक्रिया