पूर्वलडाकुको क्याम्प नजिकै हतियार फेला

रोल्पा, १९ असार । रोल्पाको गैरीगाउ–६ स्थित थुर्पा लेकमा मंगलवार बेवारिसे अवस्थामा ठूलो परिणाममा बिष्फोटक पदार्थ फेला परेको छ । २ बोरा सकेट बम, ३ बोरा बारुद तथा ३ बण्डल फलामको पाइप प्रहरीले फेला पारेको हो ।
घाँस दाउरा गर्न गएका स्थानीयबासीले हतियार देखेपछि प्रहरीलाई खबर गरेका थिए । गैरीगाउ“स्थित माओवादी पूर्व लडाकुको अस्थायी शिबिरको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले बेबारिसे हतियार बरामद गरेको थियो । बिस्फोटक पदार्थहरु ओढारमा करिब ५ मिटरभित्र लुकाएर राखिएको प्रहरीले जनाएको छ । हतियारहरु सबै खिया लागेर काम नलाग्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । बिस्फोटक पदार्थ द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षले लुकाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिस्फोटक पदार्थ डिस्पोजका लागि नेपाली सेनासँग सम्पर्क भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताएका छन् ।

प्रतिक्रिया