गैंडाकोटमा प्रहरी र विद्यार्थीबीच झडप

nawalparasiचितवन, १८ असार । नवलपरासीस्थित गैंडकोटमा रहेको अक्सफोर्ड इञ्जिनियरिङ एण्ड म्यानेजमेण्ट कलेजमा प्रहरी र विद्याथीबीच झडप भएको छ ।
ईञ्जिनियरिङ् संकायमा अध्यनरत विद्यार्थीले परीक्षा प्राणली व्यवस्थित गर्नु भन्दै आन्दोलनमा उत्रिए पछि प्रहरी र प्रदर्शनकारी विद्यार्थीबीच झडप भएको हो । झडपमा प्रहरीको लाठीले पाँच विद्यार्थी घाईते भएका छन् । केही समय सो क्षेत्र तनावपूर्ण भएको प्रहरीले जनाएको छ ।
कलेजमा ईञ्जिनिरिङ् संकायमा अध्यनरत विद्यार्थीले परीक्षा प्राणलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले परीक्षा सकिएको एकमहिना भित्रै नतिजा सार्वजनिक गर्नुपर्ने, अड एभनको व्यवस्था खारेज गर्नुपर्ने, कोडिङ् सिष्टम लागू गनुपर्ने लगायतका माग राखेका छन् । सौर्य

प्रतिक्रिया