मेसिनबाट चितवनमा धान रोप्दै

चितवन, १८ असार । चितवनका रविलाल गैरेले धान रोप्ने मेसिन जिल्लामा भित्राएका छन् ।
२० वर्ष जापानमा काम गरेर स्वदेश फर्किएका भरतपुर नगरपालिका–६, लंकुका गैरेले धान रोप्ने मेसिन ल्याएका हुन् । गैरेले धान रोप्ने मेसिन २ ओटा र मेसिनसंगै जापानबाटै एकजना प्राविधिक समेत ल्याएका छन् ।
जापानबाटै आएका प्राविधिकले केही दिन चितवनमा बसेर मेसिन चलाउन प्रशिक्षण दिने छन् । एकपटकमा ८ ओटासम्म गुबो रोप्ने मेसिनलाई १२ लाख रुपियाँ र ४ ओटासम्म गुबो रोप्ने मेसिनलाई ९ लाख रुपियाँ पर्छ ।
८ ओटासम्म गुबो रोप्ने ठूलो मेसिनले एकघन्टामा एकबिगाहा धान रोप्न सक्छ । एकविगाहा रोप्दा ४ लिटर मात्रै पेट्रोल खपत हुने गैरेले जानकारी दिए ।
मेसिनले धान रोपेको ज्याला, प्रतिमिनेटको एकसय रुपियाँ पर्दछ । ट्रेमा उमारिएको बीउ सो मेसिनमा राखेर खेतमा रोपाईं गर्न सकिने गैरेको भनाई छ ।

प्रतिक्रिया