क्षेत्र निर्धारणमा दलहरुका आ–आफ्नै आशंका

My Nepalकाठमाडौं, १७ असार । निर्वाचन क्षेत्र निर्धारण आयोगले विघटित संविधानसभाका दर्जन बढि राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।
काठमाडौंमा आज (सोमबार) भएको छलफलमा आयोगले आफ्नो काम र भूमिकाका बारेमा दलहरुलाई जानकारी गराएको छ । छलफलका क्रममा दलका नेताहरुले क्षेत्र निर्धारणको विषयमा विभिन्न राजनीतिक आशंका जनाएका थिए ।
क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्या तथा स्थानीयको भावनालाई ध्यान दिन दलहरुले सुझाव दिएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन क्षेत्र निर्धारण गर्दा दलहरुको पकेट क्षेत्र मिलाएर मतदाता एकै ठाउँमा थुपार्ने खतराबाट आयोग मुक्त हुनुपर्ने सुझाव दिएको जानकारी दिए ।
हाल मुलुकभरि २ सय ४० निर्वाचन क्षेत्र छन् । सप्तरी, सिराहा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा ३५ वटा निर्वाचन क्षेत्र घटबढ हुने आयोगले जनाएको छ ।
आयोगले छलफलका लागि एमाओवादी, कांग्रेस, एमालेलगायतका दललाई बोलाएको थियो ।

प्रतिक्रिया