झापामा पाँचसय किलो सुपारी बरामद

supariझापा, १६ असार । झापाको मेची नगरपालिकामा प्रहरीले पुन: पाँच सयकिलो अबैध सुपारी बरामद गरेको छ ।
मेची नगरपालिका­११, दशगजा क्षेत्र नजिकै आज (आइतबार) विहान झण्डै ५ सय १० किलो अवैध सुपारी बरामद गरेको प्रहरीले जनाएको छ । झापामा प्रहरीले पटक/पटक अबैध सुपारी बरामद गर्दै आएको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेका अपरिचित ४/५ जनाको समूहले प्रहरीलाई देख्ना साथ सुपारी छाडेर फरार भएका थिए ।

प्रतिक्रिया