पहिरोमा पुरिएर दुईको मृत्यू /२ घाईते

darchula

दार्चुला, १६ असार । दार्चुला जिल्लामा घाँसकाट्न जंगल गएका दुई महिला पहिरोमा पुरिएर मृत्यू भएको छ ।
छापरी­८ का ४५ बर्षीया धनदेबी बम र ४५ बर्षीया मानमती बमको आज (आइतबार) पहिरोमा पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
११ बजेर ५५ मिनटमा छापरी­८ श्रीबगर भन्ने स्थानमा भिरबाट पहिरो झर्दा धनादेबी र मनमती पुरिएका थिए । पुरिएका उनीहरुलाई उद्दार गर्ने क्रममा सवा दुईबजे पहिरोबाट शव निकालिएको प्रहरी भनाई छ ।
सोही पहिरोमा पुरिएर स्थानीय ३० बर्षीया माधबीदेबी बम र २५ बर्षीया सरस्वती बम घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया