एमाओवादीभित्र आन्तरिक द्धन्द्ध गहिरिदै

Baburam-Bhattaraiकाठमाडौं, १५ असार । एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्षको पदत्याग गरेको घोषणा गरेका छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आफ्ना बिचार राख्ने क्रममा उपाध्यक्ष भट्टराईले पद त्यागेको घोषणा गरेका हुन् । पार्टीभित्र पदका लागि हानाथाप बढेको र पदलोलुपताकै कारण पार्टी कमजोर हुने अवस्थामा पुगेकाले आफुले पद त्यागेको भट्टराईले बैठकमा उल्लेख गरेका थिए । उनले भने, ‘पदमा नबसेर पनि पार्टीलाई योगदान दिन सकिन्छ । त्यसैले तपाईहरु पनि पदलोलुपता त्यागेर पार्टी बनाउने काममा लाग्नुस् ।’
माओवादीभित्र पद बाँडफाँडमा चर्को बिवाद भएपछि केही दिनदेखि जारी केन्द्रीय समितिको बैठक निष्कर्शबिहीन बन्दै गएको छ । नेकपा एमालेबाट तीन महिनाअघि मात्र एमाओवादी प्रवेश गरेका रामचन्द्र झाले शुक्रबार बिबिसीसंगको अन्तर्वार्तामा आफुसंग गरिएको सम्झौता अनुसार पद नपाए राजीनामा दिने बताएका थिए । यस्तै महासचिवको बिषयमा समेत एमाओवादीभित्र चर्को बिवाद कायम छ ।

प्रतिक्रिया