रुकुममा ५ दशमलव ५ रेक्टरको भुकम्प

रुकुम १४ असार । रुकुम रुकुमको दक्षिण पश्चिम क्षेत्रलाईलाई केन्द्रविन्दु बनाएर आज ५ दशमलव ५ रेक्टरको भुकम्प गएको छ । पाँच बजेर २५ मिनेट जाँदा गएको भुकम्पको महसुस काठमाडौंमा समेत भएको थियो । राष्ट्रिय भुकम्प मापन केन्द्रले भुकम्प गएको स्पष्ट पारे पनि अहिलेसम्म क्षतिका बारेमा भने कुनै जानकारी आएको छैन । पश्चिम नेपालको क्षेत्रमा भुकम्पको बढी महसुस भएको बताइएको छ ।

प्रतिक्रिया