राष्ट्रपति डा.यादव स्वदेश फिर्ता

Rastapati Rambaran Yadavकाठमाडौं, १४ असार । राष्ट्रपति डा.रामवरण यादव उपचार पश्चात मित्रराष्ट्र जापानबाट स्वदेश फिर्ता भएका छन् ।
डा.यादव आज (शुक्रबार) फिर्ता भएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपचार पछि डा.यादव स्वदेश फिर्ता भए पनि उनको कुन रोगको उपचार भएको थियो त्यस बारेमा विज्ञप्तिमा केही खुलाईएको छैन ।
राष्ट्रपति डा.यादवल असार–३ गते स्वास्थ्य परीक्षणका लागि जापान गएका थिए । स्रोतका अनुसार उनको पेटको उपचार गराईएको थियो ।

प्रतिक्रिया