लभ स्टोरी ०६६ र लभ फर एभरको भिडन्त

love-stori-066काठमाडौ : निर्माता संघले शुक्रबार रिलिजको समयमा एक मात्र चलचित्र प्रर्दशनमा आउने व्यवस्था मिलाउँछु भने पनि सो व्यवस्था हुन सकेको छैन । एक मात्र चलचित्र प्रदर्शन भनेको निर्माताका लागि कल्पना बानहिरको कुरो भएको छ । सधैँजसो फ्राइडे रिलिजअन्तर्गत तीन वा सोभन्दा बढी संख्याका चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका छन् । त्यस्तैमा आज शुक्रबारबाट पनि दर्शकले दुई नयाँ चलचित्र हेर्न पाउने भएका छन् । ती हुन्– लभ स्टोरी ०६६ र लभ फर एभर ।
अघिल्लो साता प्रर्दशनमा आएका दुई चलचित्र ‘ढुकुटी’ र ‘ अप्रिल फुलले’ ले सन्तोषजनक व्यवसाय गर्न नसकिरहेका समयमा यी दुई नयाँ चलचित्रले व्यावसायिक प्रतिस्पर्धाका लागि मैदानमा उत्रन लागेका हुन् । ‘लभ स्टोरी ०६६’ स्वर्गीय दीपक रायमाझीले निर्देशन गरेका हुन् भने ‘ लभ फर एभर’ शंकर आचार्यको निर्देशनमा तयार भएको चलचित्र हो ।
लभ फर एभर हास्यटेलिशृंखला तीतो–सत्यमा बालकलाकारको भूमिकामा लामो समयदेखि अभिनय गर्दै आएका राज आचार्यले निर्माण गरेको चलचित्र हो । यसै चलचित्रमार्फत उनले निर्माणमा हात बढाएका हुन् । देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यस रंगमञ्चको लामो अभिनयपछि सानो पर्दामा र यसमा पनि अभिनय र निर्देशनमा अब्बल सावित भएपछि ठूलो पर्दामा पाइला बढाएका निर्देशक शंकर आर्चायको महत्त्वाकांक्षी चलचित्र हो ।
चलचित्रमा दर्शकलाई मनोरञ्जन दिलाउने उद्देश्यले आवश्यक नृत्य, द्वन्द्व, प्रेमप्रसंग, सामाजिक विषयवस्तुलगायत सबै पक्षसमेटिएको निर्माण पक्षको दाबी छ ।
म सानैबाट दु:ख पाएको व्यक्ति, अझै पनि सुख पाउन सकेको छैन । यसैले यसपटक दु:ख गरेर चलचित्र बनाएकाले निकै राम्रो बनेको छ, निर्देशक आचार्यले भने, ‘चलचित्रमा मैले रञ्गमञ्चदेखि अहिलेसम्म कलाकारिताबाट बटुलेको अनुभव उतारेको छु । पछिल्लो समय नयाँ धारका नाममा दर्शक झुक्याउने काम भएकाले आफ्नो चलचित्रले दर्शक नझुक्याउने उनले दाबी गरे । चलचित्रमा राजले पनि अभिनय गरेका छन् ।
गजित विष्ट, सुमिना घिमिरे, शंकर आचार्यलगायत कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा चेतन सापकोटाको संगीत, गम्भीर विष्टको नृत्य–निर्देशन, सूर्य थोकरको द्वन्द्व छ भने सम्पादन नवीन निरौलाले गरेका हुन् ।
लभसटोरी ०६६ अभिनेता निखिल उप्रेतीले अभिनय गरेको पछिल्लो चलचित्र हो । यसचलचित्रको लगतै निखिल मुम्बई पसेका हुन् । पालो प्रणाली कुरेर बसेको यो चलचित्र २०६६ मा निर्माण भएको हो । स्व. दीपक रायमाझी निर्देशित महत्त्वाकांक्षी मानिएको यस चलचित्रबाट लक्ष्मी नारायण सुवाल निर्माणमा प्रवेश गरेका हुन् ।
पछिल्लो समय हिन्दी चलचित्र निर्देशनको तयारीमा रहेको समाचार सार्वजनिक गर्ने निखिल उप्रेतीले यस चलचित्रमा याक्सन छन् । चलचित्र काठमाडांै र मोफसलमा एकसाथ प्रर्दशनमा आउन लागेको हो ।
निखिलका अलवा अर्जुन कार्की, पूजा लामा, जय किसन बस्नेत, सञ्चिता गुरुङलगायतकाको चलचित्रमा मुख्य भूमिका छ । मदनमान ताम्म्राकार कार्यकारी निर्माता रहेका यस चलचित्र ७० लाखभन्दा माथिको लगानीमा निर्माण भएको निर्माता सुवालले जानकारी दिए । (सौस)

प्रतिक्रिया