भदौमा महासंघको एक्सिलेन्स अवार्ड

काठमाडौ : नेपाल उद्योग वाणिज्य महासंघले आºनो उत्पादन एवं सेवामूलक व्यवसायमा विशिष्टता हासिल गर्ने प्रतिष्ठानलाई प्रदान गर्दै आएको एक्सिलेन्स अर्वाड आगामी भदौमा वितरण गर्ने भएको छ ।
महासंघद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । पहिलोपटक २८ चैत ०५६ मा भएको उद्योग वाणिज्य दिवसमा नेपाली उद्योग वाणिज्य क्षेत्रको पहिलो सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्ने घोषणा
गरेको थियो ।
औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको दिगो एवं संस्थागत विकास र व्यावसायिक प्रतिष्ठानले सफलताका निम्ति अख्तियार गरेका रणनीति र कार्यनीतिबारे जानकारी आदान–प्रदान र त्यसबाट लाभान्वित हुनसक्ने सम्भावनाको खोजी गर्न यो पुरस्कार स्थापना गरिएको महासंघले जनाएको छ ।
गत वर्षहरूमा भैँm यस वर्ष पनि नेपालमा स्थापित र कार्यरत उद्योग एवं सेवा प्रतिष्ठानमध्ये उत्पादन प्रक्रिया, व्यवस्थापन, उत्पादकत्व, गुणस्तर र बजार, उपभोक्ता सन्तुष्टि, जनशक्ति विकास, रोजगारी आदि सबै क्षेत्रको मूल्यांकन गरी उत्कृष्ट ठहरिएका प्रतिष्ठानहरूलाई उक्त अवार्डबाट सम्मानित गरिने महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति सौरभ ज्योतिले जानकारी दिए ।
यो अवार्डको प्रायोजकमा पशुपक्षीको दाना उत्पादक प्रतिष्ठित कम्पनी निम्वस रहेको छ भने सहयोगीका रूपमा एफवान कम्पनी रहेको छ । कार्यक्रमा प्रोफेसर दिनेश चापागाईले अवार्ड स्थापनाको पृष्ठभूमिलाई प्रस्ट्याएका थिए भने महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सहसभापति अजय प्रधानांगले धन्यवाद मन्तव्य राखेका थिए ।

प्रतिक्रिया