थारू समुदाय होमस्टेतर्फ आकर्षित

Tharu-Mahilasनवलपरासी, १४ असार । वन र वन्यजन्तु संरक्षण गरे त दु:ख मात्र पाइन्छ भन्ने धारणा भएकी नवलपरासी अग्यौली–५ बाघखोरकी जोगमाया महत्तो हिजोआज भने वन र वन्यजन्तु संरक्षणका लागि निकै सचेत भएकी छन् । चार वर्षअघिसम्म वन र वन्यजन्तु संरक्षण गरे त दु:ख दिने सोच भएकी जोगमाया वन र वन्यजन्तु संरक्षण गरेकैले आयआर्जन र जीविकोपार्जनमा परिर्वन आएपछि उनी अहिले गाउँभरिका सबैलाई जागरूप गराउन सक्रिय छिन् ।

विगतमा उजाड भएको चितवन राष्टिय निकुञ्जको नवलपरासीको क्षेत्रमा पर्ने अमलटारी मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको एक मात्र गुन्द्रुके ढकाहा मध्यवर्ती सामुदायिक वन संरक्षण गरेकै कारण यहाँ स्थानीवासी वन र वन्यजन्तलाई देखाई आयआर्जन र जीविकोपार्जनका लागि होमस्टे सञ्चालनमा समेत त्यतिकै आकर्षित भएका छन् । नेपाल सरकारअन्तर्गत रहेको तराई भूपरिधि कार्यक्रम सौराहाले होमस्टेका लागि प्रतिघर ५० हजार आर्थिक सहयोग दिएपछि आफूहरू थप दुई लाख लागत लगाई २० वटा घर होमस्टे सञ्चालन गरिरहेका छन् ।
पाहुनाका लागि एट्याच बाथरुमसमेत होकस्टेमा छ । अग्यौली–५ बाघखोरमा अमलटारी मध्यवर्ती उपभोक्ता समितिले गएको जेठ ५ गतेदेखि थारु समुदायलाई लक्षित गरी प्रत्येक घरमा ४ बेड क्षमता भएको आधुनिक स्तरको थारु होमस्टे सञ्चालन गरेको अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेम शंकर मर्दनियाले बताए ।
यस्तै, अन्य केहीले होम स्टे सञ्चालनको तयारीमा जुटेका छन् । विशेष अति सीमान्तकृत र सीमान्तकृत समुदायमा पर्ने बोटे, मुसहर र थारुको मात्रै बसोबास भएको यस ठाउँमा वन र वन्यजन्तु संरक्षणमा होमस्टेले प्रत्यक्ष टेवा पुग्ने उनको भनाइ थियो । गुन्द्रुके ढाकाहा मध्यवर्ती सामुदायिक वन र त्यहाँ रहेका वन्यजन्तु संरक्षणका लागि उनीहरूलाई आत्मनिर्भर बनाउन होमस्टेको अवधारणासहित यस क्षेत्रमा स्थानीय वन र ताल कार्यक्रमले यो अभियान थालनी गरेको तराई भूपरिधि कार्यक्रम ताल सौराहाका कार्यक्रम प्रतिनिधि प्रेम पौडेलले जानकारी गराए ।
नवलपरासीको यस ठाउँमा सुरु भएको यो होमस्टे जिल्लाकै पहिलो होमस्टे हो । गएको जेठ ५ गते मात्रै उद्घाटन गरिएको होमस्टेमा एक महिनाको अवधिमा ८ सय ४० जना पाहुना बास बस्न आएको अमलटारी मध्यवर्ती होमस्टे समितिका संयोजक प्रेमशंकर मर्दनियाले जानकारी दिए । जसमध्ये २० जना विदेशी पर्यटक यस ठाउँमा आई बास बसिसेका छन् । ‘यो वन विगतमा तस्करको बिगबिगी थियो,’ स्थानीय मीना महतोले भनिन्, ‘यस गाविसको नौ वडामध्ये हामी सबैभन्दा नदी, वन, वन्यजन्तु पीडित हौ र बोटे, मुसहर र थारु बस्ती यस ठाउँमा छ । जगंल विनाश हँुदै गएपछि धेरै समस्या आए अनि हामी समूहबाट के गर्नुपर्छ भन्ने लाग्यो ।’
चारदेखि थाले यो अभियान सफल हुँदै गएपछि अहिले घाँस, दोउरा, खर कढाई र वन्यजन्तु देखाएर संरक्षण पनि आम्दानीसमेत भएको छ । नजिकै वन हेर्ने हामीले संरक्षण गरेको वनमा एकैपटकमा १३ वटा बीढ गैँडा देखिने उनको दाबी थियो । यहाँको होमस्टेमा बासबस्न, राजधानीदेखि बुटवल, नेपालगन्ज, चितवन, बाँकेलगायत जिल्लाबाट त्यहाँ पुगेका छन् । एक महिनाको अवधिमा तीन लाख रुपियाँ आम्दानी भएको होमस्टे सञ्चालकहरू बताउँछन् ।
नेपालमा सञ्चालित होमस्टमध्ये यहाँको होमस्टेमा लोपोन्मुख बन्दै गएको थारु र बोटेहरूको कला संस्कृति एक साथ देख्नसमेत पाइन्छ । एउटै स्थानमा बोटे र थारुहरूको ऐतिहासिक नाच हेर्न भए पनि विभिन्न जिल्लाबाट बास बस्न बाघखोरमा सञ्चालन गरिएको होमस्टे पुग्ने गरेका छन् । होमस्टेमा बास बस्न आउने पाहुनाका लागि थारुहरूले नियमित खाने खाना, चिचिर, घुगी, हाँसको मासु, माछा जस्ता परिकार सस्तो मूल्यमा खुवाउने गर्दछन् । थारु होमस्टे भनिए पनि स्थानीय बोटे र मुसहर समुदायले समेत उनीहरूको अभियानमा सहयोग गर्दै आएका छन् ।
उनीहरूले पाहुनाहरूलाई नजिकैको मध्यवर्ती सामुदायिक वनभित्र हात्ती सवार गरी गैँडा, बाघ, भालु, चित्तलजस्ता जनावर देखाउनुका साथै थारु संग्राहालयको अवलोकन भ्रमणसमेत गराउँदै आएका छन् । होमस्टेमा बास बस्न आउने पाहुनालाई स्थानीयले गरेको आदर सत्कारले त्यहाँ आउने जो कोही पाहुनालाई प्रभावित बनाउने गरेका छन् । उनीहरू होमस्टे सञ्चालनका लागि समिति नै निर्माण गरी दिइने सेवा, सुविधादेखि लिइने सेवा शुल्कसमेत आफै बसेर तय गरेका हुन् । यो सफलतासँगै यतिवेला यस ठाउँका युवा, महिला संरक्षणमा समेत निकै सक्रिया बन्दै गएका छन् ।

प्रतिक्रिया