भारतमा जोगिएर आए, जिल्लामा पहिरोले पुरिए

कालीकोट, १४ असार । भारतको केदारनाथमा बाढीपहिरोमा चार आफन्त गुमाएर घर फर्कंदै गरेका कालिकोटको राँचुली गाविस–३ का दुई जनाको बाटोमै मृत्यु भएको छ । ४५ वर्षीया जगत विक र ४७ वर्षीया दल्जित विकको पहिरोले पुरिएर मृत्यु भएको हो ।

घर फर्किने क्रममा कालिकोटको सेरीघाटस्थित एक होटलमा सुतिरहेको अवस्थामा राति माथिबाट खसेको पहिरोले उनीहरूको मृत्यु भएको हो । पहिरोमा एकजना घाइते भएका छन् ।
घाइते विकको दायाँ खुट्टा नभएको र पहिरोले पुरिएर एक जनाको शव बाहिर निकाल्न नसकिएको स्थानीय प्रत्यक्षदर्शी दानबहादुर विष्टले बताए । घटनास्थलमा उद्धारका लागि प्रशासनलगायत निकायलाई जानकारी गराए पनि कसैले उद्धारका लागि पहल नगरेको आरोप उनले लगाए ।
प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले उद्धारका लागि प्रहरी चौकीलाई निर्देशन दिइसकेको र जिल्लाबाट उद्धारका लागि नेपाली सेनाको टोली जाने बताए ।

प्रतिक्रिया