छ क्विन्टल जडीबुटीसहित ४ जना पक्राउ

bajuraबाजुरा, १३ असार । बाजुरामा प्रहरीले छ क्विन्टल जडीबुटीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला जिल्ला कालिका–२ का जगाते टमटा, कालिका–७ का दलसुर टमाटा, धनलाल टमटा र गोपाल टमाटा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज (बिहीबार) बिना ईजाजतपत्रको सुगन्धवाला जडीबुटी ६ कुईन्टल ३० किलोसहित पक्राउ गरिएको हो । प्रहरी चौकी बिच्छीयाबाट खटिएको टोलीले उनीहरुलाई बाजुराको रुगिन–५, कवाडी भन्ने स्थानमा १२ वटा खच्चडसहित पक्राउ गरेको थियो । उनीहरुले हुम्लाबाट कोल्टी हुँदै बाजुरातर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया