बलियो कम्युनिष्ट शक्तिका पक्षमा चार बामदल

4 Bam Dalकाठमाडौं, १३ असार । नेकपा–माओवादी, नेकपा (एकीकृत), क्रान्तिकारी कम्युनिष्ट पार्टी र मातृका यादव नेतृत्वको नेकपा (माओवादी)बीच कम्युनिष्ट शक्तिहरुलाई एकीकरण र ध्रवीकरणका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
नेकपा–माओवादीको पार्टी मुख्यालय बुद्धनगरमा आज (बिहीबार) भएको तीन दलको छलफलमा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी पार्टी तथा शक्तिहरुमा एकीकरण र ध्रवीकरणको प्रक्रिया अघि बढाउने सहमति भएको हो । उनीहरुले मुलुकका लागि आफूहरु मिलेर जानुपर्ने जनाएका छन् ।
‘देश र जनताका पक्षमा संघर्ष र आन्दोलनलाई अगाडि बढाउनुका साथै समग्र क्रान्तिको कार्यभारलाई साथ लिएर जानका लागि सम्पूर्ण क्रान्तिकारी पार्टी र संगठनहरुका बीच बृहत सिद्धान्तनिष्ठ एकताको अपरिहार्य छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
धर्मनिर्पेक्ष, संघीयता र गणतन्त्र खतरमा पर्दै गएको उनीहरुको निष्कर्ष छ ।

प्रतिक्रिया