आयोगद्वारा आचारसंहिताबारे जानकारी

Nirbachan_aayogकाठमाडौं, १२ असार । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आयोगमा दर्ता भएका दलहरूलाई बोलाएर जानकारी गराएको छ । मंगलबार निर्वाचन आयोगको कार्यालयमा दलका प्रतिनिधिलाई बोलाइ आयोगले सोमबार सार्वजनिक गरेको निर्वाचन आचारसंहिताबारे जानकारी गराएको हो ।
आयोगले सोमबार जारी गरेको आचारसंहिताबारे जानकारी गराउन आयोगमा दर्ता भएका एक सय ३९ वटै दलका प्रतिनिधिलाई बोलाएको थियो । आयोगले चुनावी प्रयोजनका लागि दलका नेताहरूले हवाईजहाज र हेलिकोप्टर चार्टर्ड गरेर प्रयोग गर्न नपाउने व्यवस्थासहितको आचारसंहिता जारी गरेको थियो । जारी आचारसंहिताबारे दलका नेताहरूलाई जानकारी गराइएको निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । ‘राजनीतिक दलका नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे जानकारी गराइएका छौ“,’ यादवले भने, ‘उहा“हरूले आचारसंहिताका बारे राखेका जिज्ञासामा पनि आयोगका तर्फबाट स्पष्ट पार्ने काम भएको छ ।’
निर्वाचन आयोगमा दर्ता भएका मुख्य दल कांग्रेस, एमाले, एमाओवादीलगायत केही साना दलका प्रतिनिधि पनि बैठकमा सहभागी भएका थिए । उनीहरूले आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।
चुनावको मिति तोकिएपछि आयोगले दुईपटक दलका नेताहरूलाई बोलाइ निर्वाचनबारे छलफल गरिसकेको छ । चुनाव घोषणाप्रति असन्तुष्ट रही आन्दोलन गरिरहेका नेकपा–माओवादीलगायत केही दलले भने दल दर्ता पनि गराएका छैनन् र आयोगले बोलाएको बैठकमा पनि सामेल भएका छैनन् ।  आपूmहरू चुनावमा सहभागी हुन घोषित चुनाव फिर्ता लिई सहमतिमा नया“ चुनाव घोषणा गर्नुपर्ने माओवादीले बताउ“दै आएको छ । चुनाव घोषणा फिर्ता लिए वार्तामा बस्ने पनि माओवादी अध्यक्ष मोहन वैद्यले बताउ“दै आएका छन् ।

प्रतिक्रिया