निर्वाचन विथोल्ने पक्षमा एमाओवादी : ज्ञवाली

prdeep gyawaliभक्तपुर, ११ असार । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एमाओवादीले निर्वाचनमा आफू असफल हुने डरले निर्वाचन हुने नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
रफत् सञ्चार क्लवले आज (मंगलबार) भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा ज्ञवालीले मंसिर–४ गते निर्वाचन हुन नसके त्यसको दोष एमाओवादी हुने बताए । उनले भने, ‘एमाओवादीका कारण निर्वाचन हुन नसके मुलुकमा अधिनायकवाद आउँछ ।’
उनले एमाओवादीले अब जालझेल गरेर निर्वाचन जित्ने अवस्था नरहेको बताए । ‘राजनीतिलाई कमाई खाने भाँडो र उद्योग बनाउने पक्षमा एमाले छैन,’ उनले भने ।

प्रतिक्रिया