टाटु प्रेमीको लिस्टमा स्टिवर्ट

kristenलस एन्जलस : अभिनेत्री क्रिस्टिन स्टिवर्ट टाटु प्रेमी हलिउड हस्तीहरूको लिस्टमा सामेल भएकी छन् । उनले हालै मात्र आफ्नो दाइने हातको नारीमा एक टाटु बनाएर यो लिस्टमा सामेल भएकी हुन् । उनले एक अनलाइनमार्फत उक्त हातमा बनाइएको तस्बिर सार्वजनिक गरिन् । उनले यो टाटु नेसविलस्थित प्राइम र ग्लोरी पार्लरमा आफ्ना साथीका साथमा बनाएकी हुन् । पार्लरका अधिकारीहरूले पनि स्टिवर्टले टाटु बनाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
स्टिवर्ट पछिल्लो समय आफूले बनाएको टाटु गोप्य राख्न चाहन्थिइन् । तर, पार्लरका अधिकारीले सार्वजनिक गरेपछि उनले पनि आफ्ना प्रशंसकका लागि आफ्नो साइडमा राखिन् । पछिल्लो समय स्टिवर्ट तीन साथीका साथमा लसएन्जलस बाहिरको भ्रमणमा रहेकी छन् । उनी र उनका साथीका योजना लसएन्जलस फर्कनुपूर्वको यात्रा निकै सम्झन लाएका बनाउनेछ । त्यसैले पनि यी सबैले अलग अलग ठाउँमा टाटु बनाउने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया