करेन्ट लागेर एकजनाको मृत्यू

saptariराजविराज, १० असार । सप्तरी जिल्लामा प्रहरीले लागूऔषधसहित एकयूवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ससस्त्र प्रहरी वल वेस क्याम्प कडोरवोनाको गस्ती टोलीले उदयपुर त्रियूगा नगरपालिका–१ निवासी २९ वर्षीय फणिन्द्र भुजेललाई आज (सोमबार) पक्राउ गरेको हो ।
सप्तरीको दौलतपुर–१ स्थित कदमाहा–गाईघाट सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट प्रहरीले डाइजिपाम २६ थान, फेनारमन २७ थान, लुपिक जेसिक २७ थान, बीएन २७ थान वरामद गरेको छ ।
यसैबीच, सप्तरीकै मानराजा–४ मा करेन्ट लागेर खेतमा काम गरिरहेका एककिसानको मृत्यू भएको छ । खेत जोत्ने क्रममा करेन्ट लागेर मानराजा–५ का ५० वर्षीय बालकुमार यादवको मृत्यू भएको हो ।

प्रतिक्रिया