बजेट दलको घोषणापत्र जस्तो हुँदैन: कोइराला

Shankar-Koirala-Sourya-Dailकाठमाडौं, १० असार । अर्थमन्त्री शंकर कोइरालाले आगामी बजेट दलहरुको घोषणा–पत्र जस्तो लोकप्रिय नहुँने बताएका छन् ।
उनले दलीय सरकारले ल्याउने गरेको प्रचारमुखी र लोकप्रिय विषय बजेटमा नराखिने बताए । सिंहदरबारमा आज (सोमबार) पत्रकारसँग कुरागर्दै कोइरालाले नयाँ बजेटमा अधिकांश रकम विकासका कार्यक्रममा राखिने बताए ।
‘नयाँ बजेटमा विकासमुलक योजनाले प्राथमिकतामा पाउने छन्,’ उनले भने ।
लगानी मैत्री वातावरण निर्माणका लागि सरकार र नीजि क्षेत्रको विश्वास आर्जन गर्ने दिशामा पनि बजेट अग्रसर रहने उनको भनाई छ ।
बजेटले मध्य पहाडी लोकमार्ग, फास्टट्रयाक, उत्तर दक्षिण करिडोर तथा सबै जिल्ला सदरमुकाममा सडक सञ्जाल विस्तारलगायतलाई पनि ध्यान दिने उनको भनाई छ ।
उनले तलव बृद्धिका सम्बन्धमा पनि कुराकानी भईरहेको बताए । ‘कर्मचारीको तलव/सेवा बृद्धिका बारेमा पनि परामर्श भईरहेको छ,’ उनले भने ।

प्रतिक्रिया