कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दो

डडेल्धुरा, १० असार । डडेल्धुरा जिल्लामा पछिल्लो समय पशुमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्ेको छ । जिल्ला पशु सेवा कार्यलयले पहिलोपटक सञ्चालन गरेको पुशमा कृत्रिम गर्भाधान कार्यबाट अहिलेसम्म ४५ गाई र १७ भैंसी गरी कुल ६२ पशुमा कृत्रिम गर्भाधान गरिएकको पशु सेवा कार्यालय डडेल्धुराले बताएको छ ।

गत वर्षको फागुन ११ गतेबाट सुरु भएको कृत्रिम गर्भाधान कार्यमा बजेट अभाव भएकाले खासै प्रभावकारी बनाउन नसकिएको र आउँदो आर्थिक वर्षमा यसलाई पशुपालक कृषकको मागअनुसार विस्तार गरिने जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका वरिष्ठ पशु विकास अधिकृत डा. जगत बन्धु नेपालीले बताए । आलिताल र जोगबुढामा गरी कम्तिमा ३० जनासम्म पशुपालक किसान व्यावसायीक रूपमा गाई पालेका छन् ।
आलितालका ११ र जोगबुढाका ७ गरी १७ गाई पालन व्यावसायिक गरिरहेका किसानलाई प्रहोत्साहन स्वरूपप्रति व्यक्ति पाँच हजार ढुवानी खर्च र पाँच हजार गोठ सुधारका लागि रकम दिएको वरिष्ठ अधिकृत नेपालीले बताए ।

प्रतिक्रिया