रोल्पामा गर्भवती महिलाहरुको सम्मेलन

Rolpa-Eakal-Mahilaरोल्पा, ९ असार । रोल्पा जिल्लामा पहिलो पटक गर्भवती महिलाहरुको एकदिने जिल्ला सम्मेलन भएको छ ।

शिशु तथा मातृ मृत्यूदर घटाउने उद्देश्यका साथ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले शनिवार गर्भवती महिलाहरुको सम्मेलन गरेको हो ।
सम्मेलनमा कोटगाउँ, कोर्चाबाङ, ह्वामा, जङ्कोट र भावाङ् गाविसका ६३ गर्भवती महिलाहरुको सहभागिता रहेको थियो ।
सम्मेलनले गर्भवती महिलाहरुले गर्भावस्थामा पाउने सेवा सुविधा समेटेर घोषणापत्र जारी भएको छ ।
ग्रामिण भेगमा जनचेतनाको अभावमा आमा तथा शिशुहरुको मृत्यूदर उच्च रहेकाले सम्मेलन आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले जानकारी दिए । (फाईल तस्विर)

प्रतिक्रिया