यातायात बन्दले दैनिक चार लाख घाटा

साँखु, ९ असार । दुर्घटनामा घाइते भएकाको उपचार खर्च उपलब्ध नगराएको भन्दै आमा ह्योल्मो यातायातको मुख्य कार्यालय तथा बसपार्क जोरपाटीको नारायणटारमा सिन्धु सरोकार समितिले लगाएको ताला शनिबार पनि जारी रह्यो ।

बारम्बार ताकेता गर्दा पनि बस सेवा समितिले दुर्घटनाका घाइते भएकाको उपचारमा बेवास्ता गरेपछि असार ६ गतेदेखि सो समितिले नारायणटारस्थित बसपार्कको मूल द्वारमा तालाबन्दी गरेको हो ।
अहिले सरोकार समिति र बस सेवा समितिबीच पटकपटक वार्ता भए पनि सहमतिमा पुग्न सकेको छैन । गत जेठ १५ गते सो यातायातको बा५२ख ३६४५ नम्बरको बस काठमाडौं आउादै गर्दा सिन्धुपाल्चोकको थांपालकोटमा दुर्घटना हुादा १४ जनाको मृत्यु हुनका साथै ३० भन्दा बढी घाइते भएका थिए ।
घाइतेको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म उपचारमा ४० लाखभन्दा बढी खर्च भए पनि बस सेवा समितिले रकम उपलब्ध नगराउादा उपचारमा समस्या भएको घाइतेका आफन्त दावा तामाङले बताए ।
बस सञ्चालक समितिका अनुसार एक दिनमा सो रुटमा १० देखि १२ वटा गाडी सञ्चाल हुने गरेको छन् । अहिले बस बन्द हुादा व्यवसायीलाई दैनिक झण्डै चार लाखभन्दा बढी नोक्सान हुने गरेको काउन्टरका कर्मचारी सुरेश श्रेष्ठ बताउाछन् ।
उक्त यातायात जोरपार्टी–सााखु हुादै सिन्धुपाल्चोकको विभिन्न गाविसमा सञ्चालन हुने गरेको छ । सााखु नाङ्गलेभारे हुादै भोटेचौर सिन्धुकोट मेलम्ची जाने एकमात्र छोटो रुट बन्द हुादा यात्रु मारमा परेका छन् ।

प्रतिक्रिया