करीव चार सय नेपाली स्वदेश फिर्ता

Banke Districtनेपालगञ्ज, ८ असार । भारत सरकारले उत्तराखण्डमा बाढी/पहिरोमा फसेका नेपाली तिर्थयात्रीको उद्दार गरेर नेपालगञ्जस्थित नाकामा ल्याईदिएको छ ।
केदारनाथमा बाढीमा फसेका करीव चार सय नेपाली तिर्थयात्रीलाई भारतीय सेनाले आज (शनिबार) विहान नेपालगञ्ज नाकामा ल्याएर छाडेको हो । भारतीय प्रहरीले तिर्थयात्रुलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
नेपालगञ्ज आईपुगेका नेपाली तिथयात्रुहरु आ–आफ्नो जिल्ला प्रस्थान गरिसकेका छन् ।
यता, सरकारले नेपाली तिर्थयात्रीको उद्दारका लागि भारत सरकारसँग आवश्यक कुटनीतिक पहल गरिएको जनाएको छ ।
उत्तराञ्चलमा हराई रहेका नेपालीहरुको उद्दार र खोजीका लागि कुटनीतिक तवरले प्रयास गरिरहेको भौतिक योजना मन्त्री छाविराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया