हाटबजार सार्ने बिषयमा सप्तरीमा झडप

saptari

राजविराज, ८ असार । कृषि बजार सार्ने विषयमा सप्तरी जिल्लाको कुसाहमा स्थानीय दुई पक्षबीच झडप भएको छ । झडपमा केही स्थानीय ब्यक्ति घाईते भएका छन् ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको उत्तर तर्फ रहेको पुरानो कृषि बजारलाई राजमार्गको उत्तरतर्फ रहेकै नयाँ स्थानमा सार्ने विषयमा आज (शनिबार) दुई समूहबीच झडप भएको हो ।
बजारलाई पुरानै स्थलमा राख्नु पर्ने अडानमा रहेका सिम्रिक चौधरी र नयाँ स्थलमा सार्नु पर्ने अडानमा रहेका नारायण चौधरीको समूहबीच झडप भएको स्थानीयले बताए ।
झडपमा सिम्रिक चौधरी, शंकर शर्मा, मोहम्मद इद्रिश, मोहम्मद सुलेमानसहितका स्थानीय घाईते भएका छन् । घाईतेलाई थप उपचारका लागि धरान र विराटनगर पठाईएको छ ।
कृषि विकास परियोजना अन्तर्गत कुसाहमा नयाँ तरकारी बजार/सेड निर्माण भएको छ । उक्त स्थलमा हटिया सार्ने विषयमा पुरानै विवाद रहेको छ ।
हटियाको विषयमा झडप भएपछि करीव आधाघण्टा पूर्वपश्चिम महेन्द्र राजमार्ग अबरुद्ध भएको थियो ।

प्रतिक्रिया