मुगुमा २२ हजार मतदाता

मुगु, ८ असार । जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको संख्या हालसम्म २२ हजार पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलोपटक २०६४ सालमा भएको संविधानसभाको चुनावमा मुगुमा मतदाता ३७ हजार रहेकोमा फोटोसहितको मतदाता नामावलीमा भने झन्डै १४ हजार ५ सय मतदाता घटेका छन् ।

वि.सं. २०६८ मा निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन गर्दा जनसंख्या १९ हजार थियो भने अद्यावधिक गर्दा २१ हजार पुगेको थियो । अहिले जिल्लाभर एकीकृत घुम्ती शिविर सञ्चालन गरी मतदाता नामावली संकलन गरे पनि एक हजार ५ सय मात्र थपिएको कार्यालयले जनाएको छ ।
कतिपय परिवार जिल्लाबाट बसाइँ सरेर अन्यत्र गएका र रोजगारीका सिलसिलामा पलायन भएका कारण पनि मतदाता घटेको समाचार स्रोतको भनाइ छ ।

प्रतिक्रिया