अमेरिकी डलर अहिलेसम्मकै उच्च

Us_dollarsकाठमाडौं, ६ असार । अमेरिकी डलरको मूल्य दिनदिनै बढेर शुक्रबारका लागि राष्ट्र बैंकले ९५ रुपियाँ ९९ पैसा पुगेको छ । राष्ट्र बैंकले शुक्रबारका लागि बिक्री दर ९५ रुपियाँ ३९ पैसा तोकेको छ । ९४ रुपियाँ पुगेर ५ दिनमा ९२ रुपियाँँमा झरेको डलर पुन: तीन दिनमा बढेर ९६ रुपियाँँको नजिक पुगेको हो । नबिल बैंकले बिहीबार अमेरिकी डलरको बिक्री दर ९६ रुपियाँ र खरिद दर ९४ रुपियाँ ९२ पैसा तोकेको छ । त्यस्तै, किष्ट बैंकले बिक्री दर ९५ रुपियाँ ५५ पैसा र खरिद दर ९४ रुपियाँ ९५ रुपियाँ तय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री दर ९५ रुपियाँ६० रुपियाँ र खरिद दर ९५ रुपियाँँ तोकेको छ । बैंकहरूले खरिद र बिक्री दरको बीचमा ६० पैसाको मार्जिन राख्ने गर्छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिक्री दर ९४रुपियाँ २५पैसा र खरिद दर ९३ रुपियाँ ६५ रुपियाँ तय गरेको थियो । भारतमा बुधबार बेलुकी नेपाली मुद्राअनुसार ९३ रुपियाँ ९९ रुपियाँमा कारोबार बन्द भएको थियो । बिहीबार भारतमा एक्कासि भारुको मूल्यमा गिरावट आई नेपाली मुद्राअनुसार ९६ रुपियाँमा बिक्री भइरहेको छ । बुधबार बेलुकी कारोबार बन्द हुँदा ९४ रुपियाँभन्दा कम रहेको आधारमा नेपाल राष्ट्र बैंकले बिहीबारका लागि औसत मूल्य ९४ रुपियाँँ २५ रुपियाँ तोकेको थियो ।
१० दिनयता डलरले पुराना सबै रेकर्ड तोड्दै हरेक दिन रेकर्ड कायम गरिरहेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अर्थतन्त्र सुधार गर्न पुराना ऋणपत्रको भुक्तानी दिन थालेपछि डलर वलियो हुन थालेको हो । सुस्त रहेको अमेरिकी अर्थतन्त्रलाई मजवुत वनाउन केन्द्रीय बैंकले सुधार योजना सार्वजनिक गरेपछि बुधबार साँझबाट डलरको मूल्य एकाएक वढ्न थालेको हो ।
डलर वढ्न थालेपछि भारुसहित अन्य सबै मुद्रा कमजोर भएका छन् । नेपाली रुपियँसँग स्थिर विनिमय रहेका कारण भारु कमजोर हुँदा नेपाली मुद्रा पनि अवमूल्यन हुन्छ । डलर वलियो हुँदा नेपाली अर्थतन्त्रलाई फाइदा कम वेफाइदा ज्यादा हुन्छ । रेमिट्यान्स पठाउनेलाई यसले फाइदा गर्छ । नेपाल आयातमूखि अर्थतन्त्र भएकाले वस्तु तथा सेवा खरिद गर्दा वढी मूल्य तिर्नु पर्छ । डलर वृद्धि गर्दा विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढछ । हजारौंको संख्यामा नेपाली विद्यार्थी विदेश पढ्न जान्छन् । हवाईजहाजको टिकटलगायत यातायात खर्च, कलेजमा तिर्नुपर्ने शुल्कका लागि पनि यो वृद्धिले बढी पैसा खर्च हुने हुँदा नेपाललाई घाटा नै हुन्छ । औषधि उपचार र विदेश भ्रमणमा जानेहरूलाई पनि डलर वृद्धिले मर्का नै पर्नेछ ।
आयातमुखी अर्थतन्त्र भएका कारण भारतबाहेक अन्य देशबाट नेपाल भित्रिने सामान महंगो हुनेछ । अन्य देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडालगायत सामान महँगो पर्ने छन् । डलर वृद्धिको फलस्वरूप चिनियाँ मुद्रा युआन पनि वृद्धि भएर १५ दशमलब ६६ रुपियाँ पुगिसकेको छ । तुलनात्मक रूपमा सस्तोमा पाइने चिनियाँ सामानहरू पनि डलर मजबुट हुँदा महंगो हुनेछ । त्यस्तै मूल्य समायोजन नगर्ने हो भने पेट्रोलियम पदार्थ किन्ने नेपाल आयल निगमको नोक्सानी अझ बढ्ने छ । महँगो डलरले विदेशी ऋण र सावाँ भुक्तानीका लागि तोकिएभन्दा बढी रुपियाँ खर्च गर्नुपर्ने हुन्छ जसकारण देशको बजेट घाटा पनि चुलिने सम्भावना रहन्छ । नेपाल विद्युत् प्राधिकरणले केही जलविद्युत् आयोजनासँग डलरमा नै विद्युत् खरिद सम्झौता गरेको हुँदा डलर बढ्दा प्राधिकरणलाई अझै बढी घाटा बढनेछ ।
डलर बढ्दाको फाइदा भने डलरमै पारिश्रमिक प्राप्त गर्ने गरी विदेशी नियोगमा काम गर्ने कर्मचारीलाई हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा गएका कामदारमा आश्रित परिवार पनि डलर वृद्धिबाट लाभान्वित हुनेछन् । कतारी रियाल, मलेसियन रिंगिटलगायत पनि बढेका छन् । यी देशमा ठूलो संख्यामा नेपाली कामदार छन् । डलरको मूल्य वृद्धिले उनीहरूको आम्दानी बढ्नेछ । गत आर्थिक वर्ष ३ सय ५९ अर्ब ५५ करोड रेमिटेन्स भित्रिएको थियो । चालु आर्थिक वर्षको चैतसम्म ३ सय २ अर्ब ५८ करोड रुपियाँ रेमिटेन्स भित्रिसकेको छ । नेपालबाट वस्तु तथा पर्यटनलगायत सेवा बिक्री गरेर डलर प्राप्त गर्ने व्यवसायीलाई पनि यो वृद्धिले फाइदा पुग्नेछ । पर्यटक आगमन बढेर फाइदामा रहेका पर्यटन व्यवसायीको आम्दानी डलर वृद्धिले अझ बढ्नेछ । विदेशमा सामान पठाएर डलर पाउनेलाई पनि यसबाट फाइदा हुन्छ । हस्तकलालगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । विदेशी सामान महँगो भएकाले यहीँ उत्पादन हुने सामानको प्रतिस्पर्धात्मक क्षमता बढ्छ । कतिपय नेपाली उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गरिरहेका छन् । डलर महँगो हुँदा यस्ता विदेशी सामानको भाउ बढ्नेछ ।

प्रतिक्रिया