′निर्वाचन अघि राजनीतिक संयन्त्र खारेज′

Kamal Thapaदेउखुरी ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान सभा निर्वाचन हुनुअघि नै चार दलीय राजनैतिक संयन्त्र खारेजीको माग गरेका छन् ।
राप्रपा नेपाल दाङ क्षेत्र नं. १ र २ को क्षेत्रीय पार्टी कार्यालयको विहीवार लमहीमा उद्घाटन गर्दै थापाले राजनीतिक संयन्त्रका नाममा देशमा चारदलीय सिण्डिकेट कायम गरिएको भन्दै यसको खारेजीको माग गरे । ‘चारदलीय राजनैतिक संयन्त्रलाई खारेज गरी सडकमा आन्दोलन गरिरहेका दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउनु पर्छ’ उनले भने– ‘यो नै निकासको उत्तम विकल्प हो ।’ संयन्त्र रहदा सम्म निर्वाचन सम्वन्धी वाधा ब्यवधान विद्यमान रहने उनको भनाई छ । उनले सर्वदलीय गोलमेच सम्मेलन मार्फत सवै राजनैतिक दलहरु एकै थलोमा उभिन आवश्यक रहेको औंल्याए । मंसिर ४ गते हुने दोस्रो संविधान सभा निर्वाचन मुलुकै लागि अग्नि परीक्षा भएको अध्यक्ष थापाको भनाई थियो ।

प्रतिक्रिया