हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

नेपालगन्ज : हुम्लाको मुचु गाविसको तुमकोटमा बुधबार दिउँसो ४:२५ मा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
हुम्ला—तिब्बतको सिमाना हिल्साबाट सिमिकोटका लागि उडेको हेलिकोप्टरमा रहेकामध्ये नागरिक उड्डयन कार्यालय हुम्लाका प्रमुख टेकबहादुर पादलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक युवराज चौधरीले बताए ।
हेलिकोप्टरमा सवारमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । हेलिकोप्टरमा रहेका गोमा एयरका क्याप्टेन एडी शेर्पा र सह—क्याप्टेन प्रज्वल भट्टराई सकुशल छन् ।
क्याप्टेन डेविड(इटालीका नागरिक), हुम्लास्थित गोमा एयरका स्टेसन म्यानेजर गोविन्द लामा र दुर्घटनाग्रस्त हेलिकोप्टरका व्यवस्थापक दिलक श्रेष्ठ गम्भीर घाइते भएका छन् । (सौस)

प्रतिक्रिया