प्रहरी निरीक्षक र जवानमा नयाँ भर्ना खुल्ला

nepal_policeकाठमाडौं, ५ असार । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखा, नक्सालले निरीक्षक र जवान पदका लागि नयाँ भर्नाको सूचना (vacancy) जारी गरेको छ ।
विभागले आज (बुधबार) जारी गरेको सूचना अनुसार प्रहरी निरीक्षकमा एक सय ३८ र जवानमा ६ हजार एकसय नयाँ भर्ना गरिने छ । निरीक्षकमा २५ वर्ष तथा जवानका लागि २३ वर्ष ननाघेकोले मात्रै आवेदन दिन पाउने छन् ।
निरीक्षक पदमा आवेदन दिँदा पाँचसय तथा जवान पदमा एकसय रुपियाँ राजश्व लाग्ने जनाईएको छ । निरीक्षकका लागि स्नातक वा सो सरह तथा जवानका लागि आठ पासको शैक्षिक योग्यता आवश्क पर्ने छ ।
निरीक्षकका लागि आवेदन प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंमा दिनुपर्ने छ । जवानका लागि पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज, र सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दीपायलमा आवेदन दिनुपर्ने प्रावधान राखिएको सूचनामा उल्लेख छ । साउन चार गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया