राजधानीमा अफ्रिकी फिल्म महोत्सव

Africanकाठमाडौं । तेस्रो नेपाल अफ्रिकन फिल्म फेस्टिबल–२०१३ मंगलबारबाट सुरु भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा सुरु भएको फेस्टिबलमा नेपाल र अफ्रिकी मुलुकका छोटा तथा लामा चलचित्रले सहभागिता जनाएका छन् ।
तीनदिन सम्मसम्म चल्ने यो फेस्टिबलमा नेपालका तर्फबाट दासढुंगा, यसरी नै आरू फुल्छ, बर्मा इन् माई माइन्ड र द काम्री चलचित्रले सहभागिता जनाएको छ । त्यस्तै, इजिप्टको नासर ५६, साउथ अफ्रिकाको स्किन, बोफा र साराफिना, रुवान्डाको सम टाइम्स इन् अप्रिल र होटल रुवान्डा, सेन्ट्रल अफ्रिकाको वाइल्ड अफ्रिका, तान्जानियाको अंकल जेजे र एन्गोरोन्गोरो, जिम्बाबेको सेयरिङ डे, नाइजेरियाको क्राइसिस इन् पाराडाइज र किन्यावान्डाका चलचित्रसमेत महोत्सवमा प्रदर्शित हुनेछ ।
फेस्टिबलमा युगान्डाको ब्याटल अफ द सोल र विन्डोज अफ होप, जैरी डिआरसीको लेस डर्नियर्स कोलोन, वेस्ट अफ्रिकाको किरिकोउ, रुसको लेनिन ग्राड र इकोनोमिक अफ काजन, केन्याको द ह्वाइट मेसाई, डेनमार्कको ब्याग ब्लिक्सन मास्के र यस्टर्डेज स्लेभ, फ्रान्स, बेल्जियम चाडको ए स्क्रिनिङ मेन र जाम्बियाको केरकेर जुकेरा पनि प्रदर्शन गरिनेछ ।
नेपाल र अफ्रिकाबीचको दूरीमा पुलको काम गरौँ भन्ने नारासाथ फेस्टिबल आयोजना गरिएको हो । ‘फेस्टिबलमार्फत नेपाल र अफ्रिकाबीच पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौँ,’ कलेज तथा फेस्टिबलकी निर्देशक मञ्जु मिश्रले भनिन्, ‘कलेजको नेटवर्कलाई अफ्रिकन फिल्म उद्योगसँग जोड्न पनि फेस्टिबलले भूमिका खेल्नेछ ।’ फेस्टिबलमा नेपालसहित १५ अफ्रिकी मुलुकका फिल्मको प्रदर्शन हुँदै छन् ।

प्रतिक्रिया