चट्याङ लागेर सिराहामा आमा–छोरीको मृत्यू

Sirahaसिरहा, ३ असार । सिरहाको दक्षिणी सीमावर्ती सुखचैना–७ मा चट्याङ लागेर आमा–छोरीको ज्यान गएको छ ।
आज (सोमबार) घाँस काट्न खेतमा गएका बेला आमा–छोरीको मृत्यू भएको सीमावर्ती प्रहरी चौकी माडरले जनाएको छ ।
चट्याङ लागेर मृत्यू हुनेमा सुखचैना–७ की ३५ वर्षीया गीता देवी यादव र १५ वर्षीया छोरी रिङ्कु यादव हुन् ।
चट्याङ लागेर गम्भीर घाईत उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यू भएको प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया