हुम्लामा पहिरोमा पुरिएर चार जना बेपत्ता

Humlaहुम्ला, ३ असार । हुम्ला जिल्लामा पहिरोमा पुरिएर आमा र तीन बालबालिकासहति चार जना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै हिल्सामा झरेको पहिरोमा पुरिएर चार जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आइतबार साँझ करीव पाँच बजे झरेको पहिरोमा पुरिएर सिमकोट–८, बुराउसेकी ४० वर्षीय केममा लामा र उनका तीन बालबालिका बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरुको उद्धारका लागि सुरक्षाकर्मीले काम शुरु गरिसकेको प्रहरी भनाई छ ।
पहिरोका कारण स्थानीयका केही घर र सीमा प्रहरी चौकी हिल्सासमेत प्रभावित भएको छ ।

प्रतिक्रिया