अबलोकनकारीलाई स्थानीयको ढुङ्गामुडा

Jhapa Districtझापा, १ असार । झापाको वाहुनडाँगीमा हात्ती आतंकबारे अवलोकन भ्रमणमा पुगेको विश्व बैंकका प्रतिनिधिसहितको टोलीलाई स्थानीयले अवरोध गरेका छन् ।
स्थानीयको अवरोध पछि आज (शनिबार) सुरक्षाकर्मीसँग केही समय झडप समेत भएको छ । झडप पछि आक्रोशित स्थानीयले केही समय पूर्व पश्चिम महेन्द्र राजमार्गमा सवारी आवागमनमा अवरोध समेत पुर्‍याए ।
जंगली हात्तीको आतंकबारेमा अबलोकनका लागि विश्व बैंकका प्रतिनिधिसहितको टोली झापा गएको थियो । टोली बसेको स्थान सशस्त्र प्रहरीको कार्यालयमै स्थानीयले ढुंगा/मुढा गरेको प्रहरीले जनाएको छ ।
भीड नियन्त्रणका लागि सशस्त्र प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा ५ प्रहरी र केही स्थानीय घाइते भएका छन् ।
भारतीय क्षेत्रवाट आउने हात्तीलाई मेची नदीमा पुगेर प्रत्यक्ष अवलोकन गरी फर्किएको टोली स्थानीयले अवरोधमा पुर्‍याएका हुन् ।

प्रतिक्रिया