प्रहरी नै उत्प्रेरणा कक्षा सञ्चालनमा

Dadeldhura-Policeडडेल्धुरा, ३१ जेठ । डडेल्धुरा जिल्लाका विद्यालयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले युवा शिक्षा तथा उत्प्रेरणा कक्षा सञ्चालन गरिरहेको छ ।

जिल्लामा हुने अपराधिक क्रियाकलाप तथा महिला हिंसा, मानव अधिकार उल्लंघनका घटनामा कमी ल्याउनका लागि विभिन्न विद्यालयमा कक्षा सञ्चालन गर्दै आएको डिएसपी कृष्ण प्रसाईंले बताए ।
जेठ २८ गते प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले माउन्टेन इंग्लिस बोर्डिङ डडेल्धुराबाट कार्यक्रमको उद्घाटन गरी सुरु गरेको कक्षा सञ्चालन जिल्लाभर सञ्चालन गरिने बताइएको छ ।
विद्यालयतहबाट नै बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न हुनबाट बचाई जिल्लामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्लाका प्रत्येक विद्यालयमा अध्ययनरत नौ र १० कक्षाका बालबालिकालाई कानुन तथा मानवअधिकारका बारेमा जानकारी गराई आपराधिक क्रियाकलापमा कमी ल्याउन अभियानकै रूपमा कक्षा सञ्चालन चलाइएको डिएसपी प्रसाईंले बताए ।
प्राय: मावि तहका विद्यार्थी बढी कुलतमा फस्ने गरेको र यस्ता क्रियाकलाप नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नयाा सुरुआत गरेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

प्रतिक्रिया