त्रिभुवन विमानस्थलमा हतियार बरामद

TIAकाठमाडौं, ३० जेठ । प्रहरीले त्रिभुवन बिमान स्थलमा ईजरायली नागरिकलाई हतियारसहित पक्राउ गरेको छ ।
इण्डीयन एयरद्वारा दिल्ली हुँदै बैंककतर्फ जान लागेका २२ वर्षीय ईजरायली नागरिक ‘माओर बुन्ना’लाई प्रहरीले आज (बिहीबार) लगेज व्यागमा एसएमजी जस्तो देखिने हतियारसहित पक्राउ गरेको जनाएको छ । सो हतियार कालो रंगको रहेको छ ।
उनलाई कारबाहीका लागि हनुमानढोकामा राखिएको छ । २०७११९७७ नम्वरको ईजरायली पासपोर्ट बोकेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित होल व्यागेजमा चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरी भनाई छ । (फाईल तस्विर)

प्रतिक्रिया