यूनियनका प्रतिनिधी र अध्यक्ष महतोबीच भेट

euकाठमाडौं, ३० जेठ । यूरोपियन यूनियनको प्रतिनिधीमण्डलले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेटबार्ता गरेको छ ।
काठमाडौंमा आज (बिहीबार) भएको भेटबार्तामा निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको सद्भावनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानसभा निर्वाचन, निर्वाचन सम्बन्धी ऐन–कानून, मधेशका समस्या, समावेशीता, स्थानीय निर्वाचनलगायतका विषयहरु यूनियनका प्रतिनिधीहरुले जिज्ञासा राखेका थिए ।
जवाफमा अध्यक्ष महतोले मंसिर पहिलोसाता संविधानसभाको निर्वाचन तिथि तोक्नु पर्ने बताए ।
‘निर्वाचन क्षेत्र पुन: निर्धारण आयोगको तत्काल गठन, मधेश लगायतका सशस्त्र समुहहरुलाई आगामी संविधानसभाको निर्वाचनमा सहभागी गराउन उनिहरुसाथ गरिएको सम्झौता कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।
यस अघि, यूनियनका प्रतिनिधीहरुले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसँग भेटगरेर निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया