निर्माताकै कारण चलचित्र नचलेको हो : उदय

काठमाडौं : हाम्रो समाजमा अप्रिलफस्ट अर्थात् अप्रिल १ तारिकका दिनलाई अरूलाई झुक्याएर रमाइलो गर्ने दिनको रूपमा विकसित हँदै गइरहेको छ । यसै दिनमा गरिने विभिन्न क्रियाकलापलाई विषयवस्तुमा समावेश गरिएको चलचित्र अप्रिलफुल प्रर्दशनका लागि तयार भएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको फस्टलुक सार्वजनिक गरियो । कार्यक्रममा निर्माता तथा चलचित्र संघका महासचिव प्रदीप उदयले निर्माताहरूमा अर्काको चलचित्र प्रर्दशनबाट उतारेर आफ्नो चलाउने परिपार्टी विकसित हुँदै गएकाले यस क्षेत्र धरासही हँदै गएको बताए । निर्मातामा धैर्यता कम हँुदै गइरहेको छ, उनले भने । यसले गर्दा उनीहरूमा व्यवसायभन्दा पनि चलचित्र चलाउने हतारो देखिन थालेको छ । चलाउने हतारोमा अरूका चलचित्र उतारेर Sumina-Ghimireआफ्नो प्रर्दशनमा ल्याउने निर्माता सोही मारमा पर्ने गरेको उनले खुलाए ।
त्यस्तै निर्माता संघका महासचिव केशव भट्टराईले चलचित्र देशभर एकैसाथ चलाउन हतारो नगरी क्रमिक रूपमा चलाउन सुझाव दिए । चलचित्र एकैपटक सबै स्टेसनमा चलाउनुभन्दा क्रमिक रूपमा चलाउँदा निर्मातालाई फाइदा हुने उनले बताए ।
निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले अप्रिलफुलका निर्देशक भन्द्र भुजेलको पहिलो चलचित्र आफूलाई मनपरेकाले अप्रिलफुल पनि राम्रो बनेको हुन सक्ने अनुमान लगाए । चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले हरेक हप्ता दर्शकलाई अप्रिलफुल मनाएर झुक्याइरहेका प्रसंग उल्लेख गर्दै यस चलचित्रले दर्शकलाई अप्रिलफुल नमनाओस् भन्ने धारणा राखे । पछिल्लो समय कुनै पनि चलचित्रले हप्तादिनभन्दा माथिको व्यवसाय गर्न असफल नभएकाले यसलेचाहिँ १० हप्ताको व्यवसाय गरोस् भन्ने शुभकामना दिए ।
एक गीतसमेत सार्वजनिक गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्ति प्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीलगायतले चलचित्रको सफलताका लागि शुभकामना दिए ।
अप्रिलफुल अर्थात् अप्रिल फस्टका दिन गरिने हरेक क्रियाकलापका रमाइला पक्षले साथीहरूलाई यो दिनको उपयोग गर्दै कतिसम्म रमाइलो गर्न सकिन्छ, ख्यालख्यालमा रमाइलो गर्दा त्यसले के–कस्तो परिणामसमेत निम्त्याउन सक्छ भन्ने सन्देश चलचित्रमार्फत आफूले दिन खोजेको निर्देशक भन्द्र भुजेलले बताए । अप्रिलफुलका सबै पक्षलाई रमाइलो तरिकाले चलचित्रमा प्रस्तुत गरेको छु, उनले भने । कलाकारका अभिनय र प्रस्तुतिले चलचित्र वास्तविक लाग्नेछ ।
थड टिम फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई कमल, केशव लामिछानेले प्रस्तुत गरेका हुन् । टीकाराम बिष्टद्वारा निर्मित चलचित्रका कार्यकारी निर्माता विनोद लामिछाने हुन् । कुमार लामिछाने, विनोद न्यौपाने, मनोज लामिछाने । महिमा सिलवाल, किरण न्यौपाने, देशभक्त खनालका साथमा सुमिना घिमिरेको समेत चलचित्रमा मुख्य भूमिका छ । सूर्य थोकरको द्वन्द्व, दीपक शर्माको संगीत, रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
बुटवल, पाल्पालगायत स्थानमा छायांकन गरिएको चलचित्र आगामी असार ७ देखि देशभरका स्टेशनबाट प्रर्दशनमा आउन लागेको निर्माण पक्षले जानकारी गराएको छ । (सौस)

प्रतिक्रिया