विवाहको योजना बनाउँदै कुनिस

2लन्डन : हलिउडकी अभिनेत्री माइला कुनिस विवाहको योजना बनाइरहेकी छन् । उनले चलचित्रमा जोडीकै रुपमा अभिनय गर्दै आएका अभिनेता एस्टन कुचरसँग विवाहको योजना बनाएकी हुन् । कुनिसले कुचरसँग ब्रिटेनमै विवाह गर्ने भएकी छन् । ब्रिटेनको रोयल प्यालेसमा आºनो विवाह गर्ने योजना बनाएका यी दुवैले वैवाहिक समारोह भव्य रूपमा आयोजना गरिने बताउँदै आएका छन् ।
रोयल प्यालेसमा भव्य वैवाहिक समारोह आयोजना गरेर विवाह गर्ने योजना बनाएका यी दुवैको विवाहमा धेरैले भने सहभागिता जनाउन नपाउने भएका छन् । २९ वर्षीय कुनिसले एक पत्नीका श्रीमान् कुचरसँग विवाह गर्न लागेकी हुन् । कुचरले विवाहअगाडि आºनो पत्नी डेमी मुरलाई छोडपत्र दिने योजना बनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया