हिम्सको विजयी सुरुआत

काठमाडौं : हिम्सले दोस्रो क्याम्पियन कप अन्तरस्कुल तथा कलेज थ्री बाई थ्री छात्र बास्केटबल प्रतियोगिताको स्कुलतर्फ मंगलबार विजयी सुरुआत गरेको छ ।
गहनापोखरीस्थित आयोजक क्याम्पियन काठमाडौं कलेजको कोर्टमा भएको खेलमा हिम्सले माउन्ट कैलाशलाई ११–९ ले पराजित गर्‍यो । विजेताका पासाङले ६ अंक जोडे । कलेजतर्फ रुपिज, किस्क र ओरियन्ट क्वार्टरफाइनलमा प्रवेश गरे । समूह ‘ए’ को लिग खेलमा तीन खेल जित्दै रुपिज विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो ।
रुपिजले एक्मीलाई १४–९, नासालाई १५–१३ तथा किस्कलाई १८–१६ ले हरायो । समूह उपविजेताका हैसियतले क्वार्टरफाइनलमा पुग्न सफल किस्कले नासालाई १४–१० तथा एक्मीलाई १६–६ ले पन्छायो ।
ओरियन्टले टाइम्सलाई २१–२०, सुदेशालाई १६–१२ तथा लिभरपुरलाई १८–५ ले निराश बनायो । जितसँगै ओरियन्ट समूह ‘सी’ को विजेता भयो ।
अन्य लिगमा टाइम्सले सुदेशालाई २०–११ ले पन्छायो । टाइम्सविरुद्धको खेल भने लिभरपुलले १३–११ ले गुमायो । प्रतियोगिताको क्याम्पियनका प्रिन्सिपल आरडी मिश्रले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतिक्रिया