सप्तरी पछि पूर्व राजा सिराहा जिल्लामा

Raja-Gyanendra-Shahaराजविराज, २८ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहले सप्तरी जिल्लास्थित विभिन्न मन्दिरहरुमा पुजाअर्चना गरेका छन् ।
सप्तरीमा रहेका राजदेवी मन्दिर, शम्भुनाथको शम्भुनाथ मन्दिरमा आज (मंगलबार) विहान उनले दर्शन गरेका हुन् ।
‘स्टार डिलक्स होटल’बाट पूर्व राजा शाह साढे १० राजदेवी मन्दिरमा पुगेका थिए । राजदेवी भगवतीको दर्शन गरेका उनलाई स्थानीयले स्वागत तथा अभिन्नदन पनि गरेका थिए ।
उच्च सुरक्षाका साथ पुगेका पूर्व राजा शाहले राजदेवी मन्दिरमा करीव १० मिनेट पुजापाठ गरे ।
उनले कंकालिनी मन्दिर र हनुमान मन्दिरलाई क्रमश: २ लाख र १ लाख नगद सहयोग समेत गरेका छन् ।
उता, कांग्रेस, एमाले लगायतका विद्यार्थी संगठनहरुले सप्तरीमा पूर्व राजा शाहको विरोध गर्नुका साथै कालो झण्डा देखिएका छन् ।
यसैबीच, पूर्व राजा शाह ना ४ च ३८०७ नम्वरको गाडीबाट सिरहाको लहान पुगेका छन् । उनको सिराहाका स्थानीयले भव्य स्वागत समेत गरेका छन् ।

प्रतिक्रिया