पिएलओ लुब्रिकेन्टसले सहकार्य गर्ने

काठमाडौं : फोटोजर्नालिस्ट क्लबले हरेक वर्ष आयोजन गर्ने नेपालकै ठूलो र सर्वाधिक पुरस्कार राशि रहेको फोटो प्रतियोगिता तथा प्रदर्शनीको नेपाल स्माइल विधामा पूर्वाञ्चल ल्युब आयल ( पिएलओ) ले प्रायोजन सहकार्य गर्ने भएको छ ।
यस वर्ष गरिने आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो कन्टेस्ट ०६९ अन्तर्गत च्यारिटी फन्डका लागि राखिएको पिएलओ लुब्रिकेन्टस नेपाल स्माइल विधाका लागि पिएलओले एक लाख ३० हजार नगद र ७० हजार बराबरको अन्य सामान उपलब्ध गराउन­े भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा पिजेक्लबका तर्फबाट क्लबका अध्यक्ष प्रकाश माथेमा र पिएलओ लुब्रिकेन्टका तर्फबाट कम्पनीका प्रबन्ध–निर्देशक भोलेश्वर दुलाल ( भोला) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पुरस्कार राशि र अन्य खर्च कटाएर बाँकी रकम, पिएलओ लुब्रिकेन्टस नेपाल स्माइल विधाका फोटो बिक्रीबाट उठेको रकम जम्मा गरी च्यारिटीका लागि फन्ड जम्मा गरिने जानकारी पनि सो अवसरमा दिइएको थियो । (सौस)

प्रतिक्रिया