शिक्षिका निकालेको विरोधमा आन्दोलन

चितवन : बालकुमारी कन्या माविमा अध्यापन गराउँदै आएका शिक्षिकालाई विनाकारण निलम्बन गरिएको भन्दै आन्दोलनरत शिक्षिकाले थप एक हप्ते संघर्षका कार्यक्रम घोषणा गरेका छन् । सोमबारदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गरिका हुन् । १० वर्षदेखि अध्यापनरत शिक्षिकालाई व्यवस्थापन समितिले विनाकारण निस्कासन गरेको भन्दौ शिक्षिकाहरूले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । शिक्षिकाले गरेको आन्दोलनप्रति शिक्षकसँग आबद्ध विभिन्न शिक्षक संघ संगठन, महिला अधिकारकर्मीले समर्थन गरेका छन् ।
विद्यालय व्यावस्थापन समितिको निर्णयप्रति व्यावस्थापन समितिका सल्लाहाकारलाई समेत जानकारी नभएको हुँदा पूर्णराजनीतिक पूर्वाग्रहीका साथ यो कार्य भएको सल्लाहाकार समितिका प्रमुख सल्लाहाकार सूर्यबहादुर मास्केले जानकारी दिए । विद्यालय व्यावस्थापन समितिले आधार विना शिक्षिकाहरूलाई वैशाख १५ गतेदेखि निस्कासन गरेको थियो । १० वर्षदेखि अध्यापनरत शिक्षिकाहरूले विद्यालय व्यावस्थापन समितिले विनाकारण निस्कासन गरेकोमा जिल्ला शिक्षा कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी रमाकान्त शर्मासमेत मौन छन् । विनाकारण अवकाशपत्र दिइएको भन्दै शिक्षिकाले न्यायका सबै पक्षसँग आग्रह गरेका छन् । (सौस)

प्रतिक्रिया